सरकारले पहिलोपटक तोक्यो ड्रोन निषेधित क्षेत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2019 | 06:09:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अति विशिष्ट व्यक्तिको निवासको १ किलोमिटर हवाई दूरीभित्र ड्रोन उडान निषेध गरेको छ । ड्रोन उडान सम्बन्धी नयाँ कार्यविधिमार्फत सरकारले पहिलोपटक ड्रोन निषेधित क्षेत्र तोकेको हो ।

सिंहदरबार आसपास पनि अब ड्रोन उडाउन पाइने छैन । काठमाडौं उपत्यकाका माइतिघर मण्डला, स्वयम्भूनाथ, बौद्धनाथ, बुढानिलकण्ठ, दरवार स्क्वायर क्षेत्रमा ड्रोन उडाउन रोक लगाइएको छ । पुरातात्विक तथा धार्मिक क्षेत्र निर्धारण गरेका स्थानमा पनि यस्तो निषेध लागू हुनेछ ।

उपत्यका बाहिर स्थानीय प्रशासन वा आधिकारिक निकायले निर्धारण गरेका धार्मिक, पुरातात्विक र ऐतिहासिक क्षेत्रमा अब ड्रोन उडाउन नपाइने नियम कार्यान्वयनमा आएको छ । सैनिक वा सुरक्षा निकायको मूख्यालय, तालिम केन्द्रको १ हजार मिटर र अन्य सुरक्षा इकाई रहेको ५ सय मिटर हवाई दूरीमा समेत ड्रोन उडाउन पाइने छैन । विमानस्थल र अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट ५ किलोमिटर दूरीभित्र र हवाई रुट तय गरिएको कुनै पनि स्थानमा ड्रोन प्रयोग रोकिएको छ ।

सरकारले ड्रोन उडाउन नेपाललाई तीन क्षेत्रमा वर्गिकरण गरेको छ । त्यसमध्ये संवेदनशिल क्षेत्रमा ड्रोन निषेध गरिएको हो । सामान्य क्षेत्रका रुपमा मानवरहित इलाका, संरक्षित वा नियन्त्रित क्षेत्र बाहेकका खुला क्षेत्रलाई मानिएको छ । मध्यम क्षेत्रका रुपमा बस्ती, समूदाय, संरक्षित वा आरक्षित क्षेत्रलाई मानिएको छ । यस क्षेत्रमा भने सरकारी निकायबाट अनुमति लिएर ड्रोन उडाउन पाइनेछ । ड्रोन सूर्योदयदेखि सूर्यास्तसम्म, जमिनबाट भिजिविलिटी ५ किलोमिटर रहेको अवस्थामा मात्र उडाउन पाइन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved