असुरक्षित सडक यात्रा, काठमाडौँमा मात्र २११ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2019 | 06:33:40 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकामा सवारी साधन दुर्घटना दर वर्षैपिच्छे बढिरहेको पाईएको छ । चालु आर्थिक वर्षको हाल  सम्म मात्रै दुर्घटनामा ज्यान गुमाउनेको संख्या गतबर्ष भन्दा ६ प्रतिशतले बढेको छ ।

साविकको वाग्मती अञ्चलमा मात्रै ११ लाख ८४ हजार ९०७ सवारी साधन दर्ता भएर सञ्चालनमा छन् । यीमध्ये ४२ हजार २८२ वटा बस, १३ हजार ५ सय ५३ वटा ट्रक, डोजर पावर ट्रेलर र १ लाख ८२ हजार ३ सय ३१ वटा कार जिप छन् । त्यस्तै ६ हजार ३ सय ३० वटा टेम्पो र माइक्रो तथा ९ लाख २१ हजार ९ सय १७ वटा मोटरसाइकल दर्ता भएका छन् । 

आर्थिक वर्ष २०७२/०७३ मा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १६६ थियो । यो संख्या २०७३/०७४ मा आईपुग्दा बढेर १८२ पुग्यो । २०७४/०७५ मा १६८ र २०७५/०७६ को बैशाख मसान्तसम्ममा अघिल्लो बर्षको भन्दा ६ प्रतिशत बढि २११ जनाले ज्यान गुमाएका छन् ।

यसरी सवारी दुर्घटनामा ज्यान गुमाउने मध्येपनि मोटरसाइकल र स्कुटर दुर्घटनामा परेर ज्यान गुमाउने बढी छन् । चालु वर्षमा मृत्युवरण गरेका मध्ये मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परि मृत्यु हुने ९५ जना छन् । ७७ जना पैदल यात्रुको सवारी साधनले ठक्कर दिएर मृत्यु भएको छ भने  ट्रक दुर्घटनामा १६ जना, कार दुर्घटनामा १६ जना, बस दुर्घटनाबाट ८ जना र माइक्रोको दुर्घटनाबाट १ जना मानिसको ज्यान गएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved