भुक्तानी प्रणालीमा राष्ट्र बैंकको नयाँ नियम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 08:35:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आधिकारिक रुपमा स्वीकृति पाएका भुक्तानी प्रणालीबाहेक अन्य कुनै पनि प्रणालीबाट भुक्तानी नगर्न÷नगराउन आग्रह गरेको छ ।

राष्ट्र बैंकले विदेशी पेमेण्ट सिस्टमसँग आबद्ध भएको क्यूआर कोड, पोओएस मेशिन वा अन्य भुक्तानी प्रणाली प्रयोग गर्दा आधिकारिक रुपमा स्वीकृति लिएको हो वा होइन भन्ने स्पष्ट हुन आग्रह गरेको हो । बैंकले स्वीकृति प्राप्त संस्थासंग मात्र यस्तो कारोबार गर्न आग्रह गरेको हो।

केन्द्रीय बैंकको स्वीकृति बिना कसैले अनाधिकृत रुपमा कारोवार गरेमा त्यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कानूनअनुसार कारवाही हुने जनाएको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved