पुर्व सांसद सहित २ नेता जेल चलान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 08:53:34 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वसांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य विश्वनाथप्रसाद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डल पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका छन् । किर्ते गरी उपभोक्ता समिति गठन गरेको तथा सरकारी कागजात किर्ते गरेको मुद्दामा उनीहरु थुनामा परेका हुन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको एकल इजलाशले यादव र मण्डललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अग्निसाइर कृष्णासवरण गाउँपालिका तथा छिन्नमस्ता गाउँपालिकामा प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सञ्चालित सडक निर्माण योजनाका लागि किर्ते गरी उपभोक्ता समिति बनाएको र सरकारी कार्यालयको कागजात किर्ते गरेको अभियोगमा दुवै जनामाथि एक महीनाअघि सप्तरी प्रहरीले अनुसन्धान थालेको थियो । यसैगरी सोही प्रकरणमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत रु चार लाख धरौटीमा रिहा भएका छन् ।

पक्राउ परेका रुपनी गाउँपालिका–६ का रामानन्द ठाकुर र सोही ठाउँका दिलीप दाससँग अदालतले रु दुई लाख ५० हजार धरौटी माग गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved