पाँचथर हत्या प्रकरण: हत्यारा मृतक परिवारको ज्वाई रहेको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 02:55:40 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा ९ जनाको एकैरात हत्या गरि हत्यारा आफैले आत्मा हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । हत्यामा संलग्न  मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा हत्या भएको स्थान नजिकै भेटिएको हो ।

श्रोतका अनुसार, रुखमा झुण्डिएको अवस्थामा भेटिएका मोखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । मोखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन् । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमका अनुसार झुन्डिएर आत्महत्या गर्ने व्यक्तिको कपडामा रगतका टाटाको साथै खुकुरी समेत फेला पारिएको छ  । 

 घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया मोखिमकै भएको उनले जानकारी दिएका छन् । उनले ९ जनाको हत्या गरेर आफै आत्महत्या गरेको आशंका  गरिएको माखिमको भनाई छ  । यस बिषयमा प्रहरीले थप अनुसन्धान गरेपछी मात्र थप जानकारी दिन सकिने उनले बताएका छन् । 

गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा दुई परिवारको ९ जनाको हत्या भएको थियो । उक्त घटनामा ७४ वर्षका बमबहादुर फियाक र ४१ वर्षका धनबहादुर शेर्माको परिवारका ९ जनाको हत्या भएको थियो  । आक्रमणबाट भोगर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमको दायाँ हात भाँच्चिएको र उनलाई थप उपचारका लागि फिदिम लगिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved