'अर्थतन्त्रको अहिलेकै अवस्थाले नेपाल टाट पल्टिन समय लाग्दैन'

विजय पराजुली

विजय पराजुली

May 21, 2019 | 03:29:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा नेतृत्त्वको सरकारका धेरैजसो आर्थिक सूचकको अवस्था निराशाजनक देखिएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक बर्षको ९ महिनाको प्रतिबेदनले अर्थतन्त्रका महत्त्वपूर्ण सूचकहरु निराशाजनक देखाएको छ। 

प्रतिबेदनमा विदेशी विनिमय सञ्चितिले ९ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । जबकी आर्थिक वर्षको सुरुमा नेपालसँग रहेको विदेशि विनिमय संचितिले १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने अवस्था थियो। 

बिदेशी संचिति कम हुनु भएको नेपालको आयात क्षमता घट्नु हो। त्यस्तै निरन्तर रुपमा बिदेशी संचिति ओरालो लाग्नु भनेको नेपालले आवश्यक भन्दा बढी बस्तु तथा सेवा आयात गर्नु हो। यसले नेपाल आयातमुखी अर्थतन्त्रको बाटोमा अघि बढेको छ भन्ने देखाउंछ। 

विदेशबाट आउने रेमिट्यान्समा झिनो सुधार देखिएपनि बस्तु तथा सेवाको आयातमा नेपालले तिर्ने बिदेशी मुद्राको सटही बढी हुँदा आयात क्षमता घटेको छ। पुर्व गभर्नर समेत रहेका बहालवाला अर्थमन्त्री ड़ा युबराज खतिवडाले बिदेशी मुद्रा सटहीको सुविधाको सिमा प्रति व्यक्ति २५०० बाट १६०० डलरमा झारेपनि बिदेशी संचिति बढ्न सकेको छैन।  

नेपालमा आयात अत्याधिक बढीरहेको र आयातित बस्तुको वृद्धिले उत्पादन बढाउन नसक्दा ब्यापार घाटा अत्याधिक बढीरहेको छ । आयातित बस्तुले उत्पादन बढाएर निर्यात पनि बढ्नु पर्नेमा त्यसको विपरित उपभोग्य बस्तुको आयात मात्र बढ्दा ब्यापार घाटा बढेको पुर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री बताउँछन् । 

अर्कोे तर्फ विनीमय संचितिमा महत्वपुर्ण भुमिका खेलिरहेको रेमिट्यान्स बढीरहेको भए पनि बैंदेशिक लगानी, अनुदान तथा ऋण पनि घटीरहेकोले ब्यापार घाटाको तुलनामा विदेशि मुद्रा भित्रिन नसक्दा विनीय संचिति घटेको क्षेत्रिको भनाई छ। 

४ महिनाको बस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्थालाई अन्तराष्ट्रिय रुपमा सामान्य रुपमा लिने गरिएपनि नेपाल जस्तो भुपरिवेष्ठित र कमजोर अर्थतन्त्र रहेको देशमा ८ महीनाको बस्तु तथा  सेवाको आयात धान्नको लागि पर्याप्त हुने विदेशि विनीमय संचिति हुनुपर्ने पुर्व गभर्नर क्षेत्रीको भनाई छ । सरकारी अधिकारीहरुलाई मुलुकको अर्थतन्त्र खराब दिशामा गइरहेको कुरा स्वीकार नगरे पनि अर्थतन्त्रमा कालो बादल छाउन थालेको पुर्व गभर्नर क्षेत्रीको भनाई छ । गत महीनामा नै करिब ८ महीनाबाट तल झरेपनी यो महीनाबाट ७ .९ महीनाको मात्र धान्ने अवस्था रहेको क्षेत्रीले बताए । 

बाह्य क्षेत्रहरु बैंदेशीक लगानी, बैंदेशिक ऋण, बैंदेशिक ब्यापार, रेमिट्यान्स लगायत सपुर्ण क्षेत्र तुलनात्क रुपमा कमजोर देखिएको क्षेत्रीको भनाई  छ। आयतित बस्तुहरु उपयोगि नहुनु यसको प्रमुख कारण रहेको उनले बताए। 

पेट्रोलियम पदार्थ, सवारी साधान र तिनका पाटपुर्जा लगायतका उपभोग्य बस्तुहरुको आयत बढ्दा त्यसले राजस्व बढ्ने भएकाले सरकारी अधिकारिको ध्यान राजश्व बढाउँनमा नै केन्द्रित रहेको छ। तर सरकारी अधिकारिहरु भने यस्तो बिषयमा आत्तिहाल्नु नपर्ने बताईरहेका छन। 

यसैगरि उत्पादनलाई प्रोत्साहन नगर्ने र राजश्वको लागि जति पनि आयात गर्ने हो भने नेपाल 'बनना रिपब्लीक' हुन अर्थात टाट पल्टीन समय  नलाग्ने क्षेत्रीले बिजपाटीसंगको कुराकानीमा बताए ।

सरकाले लगानीको वातावरण निमार्ण गर्नुको साथै लगानी सम्मेलनको विश्वासको वातावरण थप मजबुत बनाएको बताए पनि व्यवहारमा भने त्यस्तो नेदेखिएको क्षत्री बताउँछन्। गत वर्ष १४ अर्ब माथि रहेको प्रत्यक्ष बैंदेशिक लगानी चालु आर्थिक वर्षको चैत्रमा ७ अर्बमा सिमित छ । ;लगानीको वातावारण बनेको भए बैदेशिक लगानी घटीरहेको तथ्यांक किन आएको छ ?' उनले प्रश्न गरे ‘सरकारले एकल सेवा केन्द्र स्थापना गर्यौ भनेको छ, एकल सेवा केन्द्र एउटा देशमा कति वटा हुन्छ ?  

६ अर्ब भन्दा कमको लगानीको लागि उद्योग विभागमा एकल केन्द्र त्यस भन्दा ठुलो २५ अर्ब सम्मको लगानीको लागि लगानी बोर्डको एकल सेवा केन्द्र र २५ अर्ब भन्दा माथिको लगानीको लागि प्रधानमन्त्रीले टाउको हल्लाएर मात्र अनुमति प्रदान गर्ने व्यवस्था छ । यसलाई सारमा भन्नुपर्दा हामीले अझै पनि विश्वासको वातावरण बनाउन सकेनौ बुझ्नुपर्ने मान्छे कुर्सिमा बस्नेहरु यसमा सहत नभएको उनले बताए । विनीय संचिति घट्दै जाँदा प्रत्यक्ष बैदेशिक लगानीकर्ता पनि सकारात्मक नहुने उनको भनाई छ । लगानीकर्ताले लगानी गछर्न र लगानी फिर्ता लैजाने बेला ढुकुटी रित्तो भएर लान नपाउने अवस्था आउन हो कि भन्ने त्रास लगानीकर्तामा हुने र उनीहरुको मनोबल कमजोर बन्ने उनको भनाई छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved