चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई जेल सजाय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 05:54:10 PM मा प्रकाशित

laxmi  sunrise bank

 चर्चित मोडल तथा समाजसेवी खुश्बु ओली चेक बाउन्स मुद्दामा दोषी ठहर भएकी छिन् । काठमाडौँ जिल्ला अदालतले ओलीलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको हो । 

न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार खुश्बुलाई दोषी ठहर गर्दै ३ महिना कैद सजाय,  ३ हजार रुपैयाँ जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने  फैसला गरेको हाे। 

गोपाल कटुवालले खुश्बु विरुद्ध ३६ लाख रुपैयाँको चेक बाउन्स गरेको भन्दै मुद्दा दायर गरेका थिए। खुश्बुले घरजग्गा खरिदका लागि भन्दै कटुवालबाट ३६ लाख रुपैयाँ सापटी लिएकी थिइन्। उक्त रकम भुक्तानीका लागि दिएको चेक बाउन्स भएपछि कट्वालले  मुद्दा दायर गरेका थिए। 

प्रहरी इन्काउन्टरमा मारिएका धादिङका दिनेश अधिकारी उर्फ 'चरी' डनसँगको प्रेम सम्बन्धका कारण खुश्वु पछिल्लो समय चर्चामा आएकी थिइन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved