योजना आयोगका उपाध्यक्ष भन्छन् : सरकारले विदेशीको विश्वास गुमाउँदैछ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 06:18:08 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले नेपालले विदेशिको विस्वास गुमाउँदै गएको बताएका छन् । नेपाल आर्थिक संघले आयोजना गरेको पुर्व बजेट बजेट छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष कँडेलले बजेट खर्चको अवस्था निराशाजनक हुँदा विदेशी दाताहरुले भएको बजेट खर्च गर्न सक्का छैनौ किन चाहीयोे आर्थिक सहयोग भन्ने अवस्था आउन लागेको बताएका हुन् । 

आर्थिक वर्षको ९ महीना सकिदाँ ३५ प्रतिशत पूँजीगत खर्भ भएको तर्फ संकेत गर्दै समयमा बजेट खर्च गर्न नसक्दा विश्वास विदेशीको विश्वास गुम्दै गएको उनको भनाई थियो ।  सरकारले लक्ष्य अनुसारको राजश्व पुरा गर्न नसक्ने भएपछी  १५ प्रतिशत सिलिङ घटाएको र त्यही घटाएको सिलिङ पनि पुरा गर्न सम्भावन न्यून बन्दै गएको उनले बताए । अहीले रेमिट्यान्सले राजश्व संकलनमा सहयोग गर्दै आएको र रेमिट्यान्सको अवस्था कमजोर भएाम त्यसले राजश्वलाई पनि प्रभाव पार्ने बताए । 

सरकारले समयमा बजेट खर्च गर्न नसक्दानीजी क्षेत्रका योजना पनि प्रभाविभित भइरहेका भन्दै उनले सरकारको खर्च क्षमता बढाउन जरुरी रहेको बताए । असारमा बजेट ल्याउँदा खर्च भएन भनेर जेठ १५ मा नै बजेट ल्याउन ब्यवस्था गरेको तर जेठ १५ मा बजेट ल्याउँद पनि बजेट खर्चको अवस्था उस्तै छ । उनले भने ‘पहीले आयोजनाहरुको लागि राष्ट्रिय योजना आयोगबाट नै स्वीकृति प्रदान गर्ने व्यवस्था थियो तर योजना आयोगबाट स्वीकृति लिदाँ समय बढी लाग्यो भनेर अहीले नयाँ आयोजनाको लागि मात्र आयोगको स्वीकृति लिने व्यवस्था छ । तर पनि बजेटको खर्च बढ्न सकेको छैन ।’

योजना आयोगले आगामी ५ वर्षमा औषत ९ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको त्यसको लागि प्रत्यक्ष बैंदेशीक लगानीको साथै समयमा बजेट खर्च गर्न सकनुपर्ने बताए । यसमा चुनौति पक्कै छ । उनले भने ‘तर सरकारले समयमा बजेट खर्च गरेर पुर्वाधारको विकास गर्ने हो भने नीजी क्षेत्रको योगदान पनि बढ्दै जान्छ । नीजि क्षेत्रलाई उत्साहीत बनाउन सके मात्र मात्र बैेदैशीक लगानी भित्राउन सभव छ  । ’ अहीले सरकारले नीजी क्षेत्रलाई सहकार्यमा लिएर जाने हो । त्यसैले आगामी ५ वर्षमा लक्ष्य अनुसारको  आथिक वृद्धि हुने विश्वास व्यक्त गरे ।

यस्तै पुर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले सकारले लगानपकिो वावतावण निार्ण गरिरहेको बताए । लगानीको लागि आवाश्यक कानुनहरु जस्तै बैंदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा), विशेया आर्थिक क्षेत्र (सेज) सम्बन्धी ऐन, पिपिए र लगानी बोर्ड सबन्त्रए ऐन संशोधन भएको र औद्योगिक ब्यावसाय ऐन २०७३ पनि संशोधन हुनुपर्ने उल्लेख गरे । अहीलेको बजेटको राजश्व लक्ष्य र चालु खर्च बराबरी भएको भन्दै थप लगानीको लागि बैंदेशिक लगानकिो विकल्प नरहेको बताए । सरकारले ७ वटै प्रदेशमा औद्योगिक क्षेत्रको लागि जग्गा खरिदको काम गरेको भन्दै यसलाई सरकारको उपलब्धीको रुपमा लिनुपर्ने बताए । नेपालमा लगानीको लागि सबैभन्दा ठुलो समस्या जग्गाको रहेको छ । उनले भने ‘व्यावसाय सुरु गर्ने  पैसाजग्गामा लगानी गनुपर्ने अवस्था  छ । सरकारले औद्योगिक क्षेत्र बनाउन् हो भने उद्योग स्थापना गर्न सहज हुन्छ । ’

नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले सरकारले स्वदेशी लगानीकर्तालाई प्रोत्साहन गर्न सके मात्र वैदेशिक लगानी आउने बताए । सरकारले आवाश्य कानुनहरु समयअनुकुल शंसोधन गर्दै जाने प्रतिवद्धता जनाएको भन्दै लगानीकर्ताले मुनाफा र लगानीको सुरक्षा खोज्ने हुनाले त्यसमा सरकार प्रतिवद्ध हुनुपर्ने बताए ।

प्राकृतिक स्रोत तथा वित्त व्यवस्थापन आयोगका सचिव बैंकुण्ड अर्यालले सरकारी लगानी र स्वदेशी नीजी लगानीको अवस्थाको आधारमा बैदेशिक लगानी आउने बताउँदै त्यसमा सकारी खर्च नै बढाउनुपर्ने बताए । बैदेशिक लगानी आउँर्दैमा स्वदेशी लगानी विस्तापित हुँदैनन् । उनले भने ‘लगानी सँगै स्कील प्रविधी तथा सिप पनि आउने र त्यसले स्वदेशी लगानीकर्तालाई पनि फाइदा पुग्छ ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved