पाँचथरको विभत्स हत्या काण्ड: घरज्वाई बस्न नमान्दा दुई परिवारको वंश नास !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 09:15:29 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा दुई परिवारको वंश नास गर्ने गरी भएको सामुहिक हत्या परिवारकै सदस्यबाट भएको हुनसक्ने  प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ। 

९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर धनराज शेर्माका साढुभाइ र बमबहादुर फियाकका ज्वाइँ पर्ने व्यक्ति हुन् । ‘मानबहादुरको श्रीमतीका दाजुभाइ रहेनछन् । उनकी श्रीमतीले मानबहादुरलाई घरज्वाई बस्न आग्रह गरेकी रहिछन् । कुरा नमिलेपछि डिभोर्सको प्रक्रियामासमेत पुगेका रहेछन् । मानबहादुर २ वर्ष विदेश बसेर आएका रहेछ्न। त्यसपछि श्रीमान–श्रीमतीबीच सम्बन्ध नराम्रो भएका कारण घरमै बसेका रहेछ्न’ स्थानीयले भने। 

प्रहरीका विभिन्न निकायले घटनाको अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए। घटनास्थलबाट केही किलोमिटरको दूरीमा झुन्डिएको अवस्थामा भेटिएका युवकको हुलिया आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमले बयानमा दिएको हुलियासंग मिल्दो जुल्दो भएपछि अनुसन्धान अघि बढेको थियो।  

मिक्लाजुङ-८ मा भेटिएका ति व्यक्तिको पहिचान मानबहादुर माखिमको रुपमा भेटीएपछि उनी परिवारकै सदस्य अर्थात घटनामा मारिएका बमबहादुरका कान्छा ज्वाइँ रहेको खुल्न आएको हो। 

हत्या हुनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved