आगामी आर्थिक बर्षको बजेट तयार, कर्मचारी र जेष्ठ नागरिकलाई सरकारको 'उपहार'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 09:49:03 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले सरकारले आर्थिक बर्ष २०७६/०७७ लागि बजेट तयार भईसकेको बताएका छन। उपाध्यक्ष कँडेलले बजेट तयार भईसकेकाले नेपाल आर्थिक संघका सुझाबहरु बजेटमै छुट्याउन सम्भावना नभएको बताए। 

संघले आयोजना गरेको पुर्व बजेट छलफल कार्यक्रममा बोल्दै कंडेलले सुझाबलाई बजेटमा छुट्याउन सम्भावना नभएपनि राम्रा सुझाबलाई अझैं पनि कार्यक्रममा समावेश गर्न सकिने बताए। 'आजका कार्यक्रमबाट आएका राम्रा सुझाबहरु अर्थमन्त्रीलाई जानकारी गराउंछु, अहिलेको बजेटमा छुट्याउन सम्भावना नभएपनि कार्यक्रममा राख्न आग्रह गर्नेछु' कंडेलले भने ।    

सरकारले आर्थिक बर्ष २०७६/०७७ लागि बजेटलाई अन्तिम रुप दिईसकेकाले संघको छलफल कार्यक्रम केहि ढिलो भएको आशय व्यक्त गरेका थिए। कंडेलले बजेटलाई अन्तिम रुप दिइसकेको बताएपनि त्यसको सिलिंङबारे भने केहि बताएनन। करिब १५ खर्ब ७७ अर्ब ७७ करोडको बजेट ल्याउने तयारिमा रहेको सरकारले कर्मचारीको तलबसंगै सामाजिक सुरक्षा भत्ता समेत बढाउने पक्का पक्कि भएको जनाइएको छ। यस आर्थिक बर्षका लागि सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।  

पछिल्लो ३ बर्षदेखि तलब नबढेकाले यस पटक कर्मचारीको तलब बढाउन लागिएको बताइएको छ। 'के कति प्रतिशतले तलब बढाउने भन्ने बिषय  टुंगो नलागेपनि यस पटक कर्मचारीको तलब बढ्ने पक्कापक्कि छ' स्रोतले भनेको छ, 'यति उति भन्ने पक्कापक्कि नभएपनि १२ देखि २५ प्रतिशतको बिचमा बढाउने छलफल छ'।  

त्यस्तै सामाजिकसुरक्षा भत्ता अन्तर्गत सरकारले जेष्ठ नागरिकले पाउने वृद्धा भत्ता कम्तिमामा पनि मासिक एक हजार रुपैयाँले बढाउने निश्चित भएको बताइएको छ। '२ हजारले बढाउने प्रस्ताब आएपनि अहिलेलाई हजार रुपैयाँले मात्र बढाउने पक्का भएको छ' स्रोतको भनाई छ। अहिले जेष्ठ नागरिकले मासिक २ हजार रुपैयाँका दरले वृद्धा भत्ता प्राप्त गर्दै आएका छन। सरकारले जेठ १५ मा बजेट ल्याउनुपर्ने संबैधानिक व्यवस्था छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved