सगरमाथा नाप्न गएको नेपाली टोली चुचुरोमा, कति रहेछ उचाई ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 07:05:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आफैले पहिलो पटक सगरमाथाको उचाई नापेको छ। बुधबार बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर टोलीले उचाइ नापेको हो । विभागका उपसचिव खिमलाल गौतम नेतृत्वको टोली नेपालतर्फको दक्षिण मोहोडाबाट   शिखरमा पुगेको हो। विभागको टोलीलाई आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोशन प्रालिले  टोली चुचुरोबाट फर्केर साउथकोल आएको जनाएको छ । सगरमाथाको उचाइ नाप्न नापी टोली यही चैत्र २७ गते काठमाडौंबाट हिडेको थियो । 

  सगरमाथा मापनका लागि जि एन एस एस रिसिभर र जिपिएस मेसिन चुचुरोमा लगिएको थियो । सोहि समयमा सगरमाथा अवस्थित जमिनको सतहमा आठवटा नियन्त्रण बिन्दुमा प्रावधिकहरु थिए । दुवै स्थानमा रेकर्ड भएको तथ्यांकहरुको आधारमा  गणितीय र ज्यामितीय हिसाबले अध्ययन गरि उचाइ टुंगो लाग्ने छ  । त्यसका लागि कम्तिमा अझै ५ देखि ६ महिना लाग्ने टोलीले बताएको छ  सोहि कारण उचाई भने ६ महिना पछि मात्र थाहा हुने छ 

यसअघि सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ नापेको थियो। उनीहरुले सगरमाथाको उचाइ ८,८४८ मिटर मापन गरेका थिए। सन् १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ मापन गरेका थियो। उक्त टोलीले सगरमाथाको उचाइ ८,८५० मिटर मापन गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved