विद्यालय, अदालत र मिडियाको भाषामा एकरुपता ल्याइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 11:50:42 AM मा प्रकाशित

laxmi  sunrise bank

विद्यालय, अदालत र मिडिया तीनै क्षेत्रमा नेपाली भाषामा एकरुपता ल्याइने भएको छ । नेपाली भाषाको प्रयोगमा विविधता आएको भन्दै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित दशौंँ संस्करण ‘नेपाली बृहत् शब्दकोश’अनुसार सबै क्षेत्रमा भाषामा एकरुपता ल्याउन लागिएको हो ।

भाषामा एकरुपता ल्याउने विषयमा प्रतिष्ठानले सबै क्षेत्रमा गोष्ठी तथा छलफल अघि बढाइरहेको प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले बताए । “राष्ट्रिय परीक्षा बोर्डले पनि आफ्ना मातहतका सबै तहमा परिपत्र पठाइसकेको छ”, उनले भने । नयाँ प्रकाशन हुने नेपाली पाठ्यपुस्तक शब्दकोशको वर्णविन्यासानुसार तयार गरिने बताइएको छ । उनका अनुसार नेपाली विषय पढाइ हुने सबै निजी र सरकारी विद्यालयका पाठ्यपुस्तकमा नेपाली भाषामा एकरुपता ल्याइने छ ।

शैक्षिक क्षेत्रमा एकरुपता ल्याउन शिक्षा मन्त्रालयले परिपत्र जारी गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved