बेलायतले मन्त्री खतिवडालाई भन्यो 'छिट्टै दोहोरो कर प्रणालिबाट मुक्ति'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 04:58:59 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा। युवराज खतिवडा र बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग मन्त्री बरोनबीच बुधबार भेटवार्ता भएको छ । वार्तामा दोहोरो कर प्रणाली मुक्ति सम्बन्धी सम्झौताको बिषयमा छलफल भएको छ ।

अर्थ मन्त्रालयमा भएको  भेटमा बेलायती मन्त्रीले दोहोरो कर प्रणाली मुक्ति सम्बन्धी सम्झौता निर्माणको चरणमा रहेको बताएका हुन् । साथै उनले नेपाल संघीयता कार्यान्वयनको चराणमा रहेको भन्दै बेलायती सरकार सहकार्य र सहयोग गर्ने प्रतिवद्ध रहेको बताएका छन । उनले नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार सहयोगका लागि सदैव तत्पर रहेको बताए । 

भेटमा अर्थमन्त्री खतिवडाले मुलुकमा राजनीतिक स्थिरतासँगै वर्तमान सरकार आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बेला  हालै सम्पन्न लगानी सम्मेलनमा बेलायती सरकारको तर्फबाट सदासयता देखाएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए ।

बेलायती सरकार द्धिपक्षिय दातृ  निकायहरु मध्ये सबैभन्दा ठुलो दातृ निकाय भएकोमा धन्यावद दिदैँ आगामी दिनमा पनि सहायता निरन्तरता रहने, वैदेशिक सहायता नीति राष्ट्रिय आवश्यकता र प्राथमिकतामा आधारित हुने गरी सहज बनाउँने तर्फ सरकार सजग रहेको स्पष्ट पारेका छन् । भेटमा खतिवडाले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको भन्दै सरकारको ध्यान केन्द्रित भएको स्पष्ट पारेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved