सरकारलाई झड्का, इतिहास मै पहिलो पटक राष्ट्रपतिबाट विधेयक संसद मै फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 05:52:57 PM मा प्रकाशित

laxmi  sunrise bank

गणतन्त्र नेपालको इतिहास मै पहिलोपटक प्रमाणिकरणको लागि गएको विधेयक राष्ट्रपतिबाट फिर्ता भएको छ   राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण नगरी पुनर्विचारका लागि फिर्ता पठाएकी हुन।

उक्त विधेयक राष्ट्रिय सभा छलेर राष्ट्रपति समक्ष पठाईएको थियो । प्रतिनिधि सभाका सभामुखले प्रमाणित गरी नेपालको संविधानको धारा ११३ को उपधारा(२) बमोजिम प्रमाणिकरणका लागि पेश गरेको उक्त  विधेयक संविधानको धारा ११३ को उपधारा (३) बमोजिम संसद मै फिर्ता भएको हो ।

संसद्को तेस्रो अधिवेशनको अन्तिम समयमा प्रतिनिधिसभाले पारित गरेर उक्त विधेयक राष्ट्रिय सभामा पठाएको थियो । त्यहि समय मै अधिबेशन अन्त्य भएकोले सो विधयेक राष्ट्रिय सभामा पेश नै हुन् पाएँन । ६० दिनभित्र प्रक्रिया अघि नबढेको र कुनै प्रक्रिया नआएको भन्दै प्रतिनिधिसभाले प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको थियो ।

मंगलबार मात्रै राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा सदस्य रामनारायण विडारी र राधेश्याम अधिकारीलाई शीतलनिवास बोलाएर विधेयकबारे राय लिएकी थिइन्। 

    विधेयकका कतिपय बुँदाहरुले नेपाली नागरिकलाई राहदानी दिन रोक्ने भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध जनाएको थियो।



    Share Your Thoughts

    Recent News

    Main News

    TRENDING

    Close in 7


    Bizpati.com © 2020. All Rights Reserved