उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 06:39:35 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई पक्राउ गरेको हो ।

जेठ ३ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत गोन्द्राङमा रहेको सडक बोर्डको कर सङ्कलन केन्द्रमा आगलागीमा संलग्न भएको भन्दै रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जनाकारी दिए ।

अध्यक्ष रेग्मीलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको छ । रेग्मीसहित प्रदेशसभा सदस्य कृष्ण खनालको टोलीले सङ्कलन केन्द्रमा तोडफोडसहित आगजनी गरेका आरोपमा फरार रहेका रेग्मीलाई आज साँझ रत्ननगरबाट पक्राउ गरेको हो । उनीसँगै फरार रहेका अन्यको खोजीकार्य जारी रहेको  प्रहरी नायब उपरीक्षक रेग्मीले बताए । आगलागीका क्रममा प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved