विप्लब समुहद्वारा फेरी नेपाल बन्दको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 10:00:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको समुहले फेरी नेपाल बन्द आह्वान गरेको छ ।  सरकारले आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको हत्या गरेको आरोप लगाउदै समुहले बिरोधका कार्यक्रम सार्बजनिक गरेको हो 

जस अन्तर्गत समुहले जेठ १० र ११ गते भन्डाफोर र आमसभा, १२ गते देशब्यापी मसाल जुलुस र १३ गते नेपाल बन्दको कार्यक्रम सार्बजनिक गरेको हो । 

 भोजपुरमा मंगलबार दिउँसो प्रहरीसँगको मुठभेडमा घाइते भएका घिमिरेको मंगलबार राति उपचारको क्रममा मृत्यु भएको थियो। उनी षडानन्द नगरपालिका–२ कुदाककाउलेका निवासी हुन् ।

 भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरी र  विप्लव समूहका कार्यकर्ताबीच मुठभेड भएको थियो । मंगलबारको मुठभेडमा घिमिरेको खुट्टामा गोली लागेको थीयो । घिमिरलाई मंगलबारनै उपचारका लागि धरान लगिएको  थियो।

विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि फायर गरेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रहरीले जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved