मिडिया काउन्सिल विधेयक अघि नबढाउन संचारमन्त्रीलाई बामदेव गौतमको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 11:10:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपाका सचिवालय सदस्य बामदेव गौतमले मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउनु पर्ने बताएका छन ।  राष्ट्रियसभा सचिवालयमा दर्ता भएको उक्त विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप नभएको उनले बताएका हुन।

बिधेयकका विवादास्पद प्रावधानहरु सञ्चार क्षेत्रका जिम्मेवार एवं सरोकारवालासंग छलफल गरि टुंगो लगाउन र अहिलेकै अवस्थामा विधयेक अघि नबढाउन उनले सरकार समक्ष आग्रह गरेका छन्। उनले भनेका छन् ' सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग म पूर्ण सहमत छु । तर, समाचार लेखेकै आधारमा पत्रकारलाई दश–दश लाख रुपैयाँसम्म जरिवाना गर्नेजस्ता कठोर प्रावधान उचित लाग्दैन ।' 

प्रेस, व्यवसायिक पत्रकार र सञ्चारकर्मीहरुलाई स्वतन्त्र, निष्पक्ष, निर्भिक एवं सुरक्षित वातावरणमा काम गर्ने अवस्था राज्यले निर्माण गर्नु पर्ने पनि उनले बताए। 

साथै उनले कुनै पनि व्यक्तिको चरित्र हत्या हुने, बदलाको भावनाले परिचालित हुने र राष्ट्रिय हितलाई वेवास्ता गर्ने क्रियाकलाप सञ्चार क्षेत्रमा प्रकट हुन नदिन सबै सञ्चारकर्मीहरुलाई पनि आग्रह गरेका छन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved