१ सिट पनि नाजित्दै मोदीलाई प्रधानमन्त्री ओलीको बधाई !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 11:37:18 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीलाई निर्वाचनको सफलताको लागि बधाई दिएका छन् । सामाजिक संजाल ट्वीटर मार्फत ओलीले मोदीलाई बधाई दिएका हुन् । मतपरिणाम नसकिदै ओलीले बधाई दिएका हुन् 

शुभकामना दिदै ओलीले आगामी दिनको सफलताको कामना गर्दै संगै काम गर्न तत्पर रहेको उल्लेख गरेका हुन् । 



निर्वाचनको मतगणना जारी नै रहेको छ । यो समाचार तयार पार्दासम्म सत्तारुढ दल भाजापाको नेतृत्वको एनडिए गठबन्धनले ५४३ मध्ये ३४४ जितमा अग्रता लिएको छ । त्यस्तै बिपक्षी कंग्रेसको युपीए गठबन्धनले ८० सिटमा अग्रता लिएको छ । यी सबै अग्रता लिएका सिट मात्र हुन् । ओलीले ट्वीट गर्दासम्म कुनै स्थानका उम्मेदवारलाई पनि बिजयी घोषणा गरिएको छैन  । मोदीको पार्टीले एक सिट पनि नाजित्दै ओलीले बधाई दिएका हुन्  । आज बेलुकासम्म सबै मतपरिणाम आई सक्ने बताईएको छ 

निर्वाचन आयोगले भारतीय समय १ बजेर ५० मिनेटसम्ममा कोहि उम्मेदवारलाई पनि बिजयी घोषणा नगरिएको स्पष्ट पारेको छ । आयोगका अनुसार २९८ स्थानमा बिजेपीको आग्रता छ ।  

प्रारम्भिक नतिजा हेर्दा मोदी पुन प्रधानमन्त्री बन्ने देखिन्छन । बहुमत प्राप्त गर्न २७२ सिट जित्न आवश्यक छ । बिजेपी एक्लैले २७२ भन्दा बढी स्थानमा अग्रता बनाई सकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved