युरोप अमेरिकाको प्रविधि नेपाल मै, अब घरबाटै कलेजको भर्चुअल टूर गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 12:19:39 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाईन मार्फत विद्यार्थीहरुले शैक्षिक संस्थाहरुको भर्चुअल टुर गर्न मिल्ने शैक्षिक मेला नेपाल एडुफेयर डट कम सञ्चालन हुने भएको छ । यो ब्यबस्था शिलापत्र डट कमले गर्न लागेको हो ।

यस एडुफेयरमा सुरुवाती चरणमा ६ वटा शैक्षिक संस्था सहभागि हुनेछन् । ग्लोवल कलेज ईन्टरनेसनल, युनिग्लोव कलेज, भ्याली भ्यू स्कुल, लिबर्टी कलेज लगायतका शैक्षिक संस्था यस एडुफेयरमा  सहभागि हुनेछन् । 

जेठ १० गतेबाट १६ गतेसम्म सन्चालन हुने एडुफेयरमा  बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म नेपाल एडु फेयर डट कम भिजिट गरेर विद्यार्थी तथा अभिभाबकहरुले कलेजको मेनेजमेन्ट, काउन्सिलर र प्रिन्सिपलहरुसँग लाईभ च्याट गर्न पाउने शिलापत्र डटकमको इभेन्ट संयोजक सुरेश सिम्खडाकाले बताए । 

नेपाली विद्यार्थीहरुले युरोप अमेरिकाका कलेजहरुको भर्चुअल भिजिट आफ्नै घरबाट गर्न सकिरहेको अवस्थामा नेपालका शैक्षिक संस्थाहरु लक्षित नेपाल एडु फेयर डटकम सञ्चालन हुनु राम्रो कुरा भएकोले युनीग्लोब कलेज नेपाल एडु फेयरमा सहभागि भएको  युनिग्लोब कलेजका प्रिन्सिपल डा।करणसिंह ठगुन्नाले बताए । 

नेपाल एडुफेयर डटकममा कलेजहरु सम्वन्धि जानकारी सँगै बिद्यार्थीहरुलाई आबश्यक करिअर काउन्सिलिङका विभिन्न सामाग्रीहरु समेत उपलब्ध छ । नेपाल एडुफेयर डटकमको ब्यवस्थापन मिटिङ प्वईन्ट प्रा.लि.ले गरेको छ भने सहआयोजक नयाँ पत्रिका दैनिक रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved