प्रचण्ड पनि ओलीकै लाइनमा, मतपरिणाम नआउदै मोदीलाई दिए बधाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 01:38:37 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नतिजा नआउदै बधाई दिएका छन् । प्रचण्डले ट्वीटर मार्फत मोदीलाई बधाई दिएका हुन्। 

उनले आफ्नो बधाई संदेशमा 'भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन-२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना ।' लेखेका छन् । 



यद्यपि मतपरिणामको नतिजा भने आई सकेको छैन  । निर्वाचनको मतगणना जारी नै रहेको छ । गणना सकिएको र जारिरहेको स्थानको मतपरिणाम हेर्दा सत्तारुढ दल भाजापाको नेतृत्वको एनडिए गठबन्धनले ५४३ मध्ये ३४३ सिट जित्ने देखिएको छ । त्यस्तै बिपक्षी कंग्रेसको युपीए गठबन्धनले ८४  सिट जित्ने देखिएको छ । केहि स्थानमा मात्र उम्मेदवारलाई बिजयी घोषणा गरिएको छ  । अधिकांश स्थानमा गणना जारि नै छ  । आज बेलुकासम्म सबै मतपरिणाम आई सक्ने बताईएको छ ।

प्रारम्भिक नतिजा हेर्दा मोदी पुन प्रधानमन्त्री बन्ने देखिन्छन । बहुमत प्राप्त गर्न २७२ सिट जित्न आवश्यक छ । बिजेपी एक्लैले २७२ भन्दा बढी स्थानमा अग्रता बनाई सकेको छ । 

 यो पनि : 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved