सरकारी स्कुलको सुधार गर्दिन निजी विद्यालय सञ्चालकलाई प्रधानमन्त्रीको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 02:26:58 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओेलीले सरकारी विद्यालय व्यवस्थापनको जिम्मेवारी सम्हाल्न निजी विद्यालय सञ्चालकलाई आग्रह गरेका छन् । निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्था बन्द नहुने बताउँदै प्रधानमन्त्री ओलीले निजी विद्यालय गुणस्तरीय शिक्षाका नेतृत्वकर्ता भएको बताए ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले बिहीबारदेखि राजधानीमा सुरु गरेको शैक्षिक मेलाको उद्घाटन गर्दै ओलीले निजी विद्यालयले दिएको शिक्षाको स्तर अब्बल भएको बताए । ओलीले सक्ने भए सरकारी विद्यालयको पनि व्यवस्थापन सम्हाल्न निजी विद्यालय सञ्चालकलाई अनुरोध गरे । 

‘निजी विद्यालयमा लगानी गर्नुस्, सरकारले सुरक्षा दिन्छ’ ओलीले निजी विद्यालय सञ्चालकलाई शैक्षिक माफिया भनेकोप्रति चित्त दुखेको बताउँदै भने, ‘नेपालमै शिक्षा दिने माफिया हुने । तर, विद्यालय बन्द गराएर विदेशमा विद्यार्थी पठाउने चाहिँ वडा ठूलो हुने ?’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved