मोदीलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानको बधाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2019 | 07:13:34 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतका आफ्ना समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् । लोकसभा निर्वाचनमा उनको पार्टीले अत्याधिक बहुमत ल्याएकोमा बधाई दिदै खानले दक्षिण एसियाको शान्ति, संबृद्धि र प्रगतिका लागि सहकार्य गर्ने प्रतिक्षामा रहेको उल्लेख गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री खानले ट्वीटरमा लेखेका छन् , “भाजपा र त्यसको गठबन्धन विजयी भएकोमा प्रधानमन्त्री मोदीलाई बधाई छ, दक्षिण एसियाको शान्ति, संमृद्धि र प्रगतिका लागि सहकार्य गर्न चाहन्छौँ ।”

प्रधानमन्त्री खानले यसअघि पनि मोदीको पार्टीले नै धेरै ठाउँमा जित हासिल गर्न सक्ने र उनीसँग मिलेर आफुले काश्मिर समस्या समाधान गर्न सक्ने बताएका थिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved