प्रेस काउन्सिलका अध्यक्षले नै छापे छापे झुठो समाचार', पुष्टि गर्न प्रम कार्यालयको चुनौती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2019 | 10:32:36 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीलाई जोडेर लेखिएको समाचारप्रति प्रधानमन्त्रीको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जेठ ८ गते बुधवार जनआस्था साप्ताहिकमा ‘विदेशबाट अपराधीहरुको बाढी’ शीर्षकमा प्रधानमन्त्रीका सलाहकार अलीलाई जोडेर समाचार प्रकाशित भएको थियो ।

उक्त समाचारमा नेपाल आएको अन्तर्राष्ट्रिय अपराधीको समुह प्रहरीले पक्राउ गरेको र उनीहरुलाई छुटाउन प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अली  प्रहरीलाई भेट्न गएको उल्लेख थियो । प्रधानमन्त्रीका प्रेस सलाहकार डा कुन्दन अर्यालले यस समाचारको खण्डन गरेका हुन् । उक्त समाचारमा अली जेठ ७ गते मंगलवार ९ बजेर ३० मिनेटमा प्रहरी परिसर टेकू पुगेर पक्राउ परेका अभियुक्तलाई भेटी फर्केको उल्लेख छ । यो समाचार कपोकल्पित, अत्यन्तै झुठो, भ्रामक र सुनियोजित अफवाह भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

डा अर्यालले एक बिज्ञप्ति जारि गर्दै त्यस समाचारको खण्डन गरेका हुन् । प्रहरी परिसर टेकूका डीएसपी सन्तोष तामाङले पनि अलि त्यहाँ नगएको बताएको बिज्ञप्तिमा उल्लेख छ  ।  बिज्ञप्तिमा भनिएको छ '  व्यक्तिको चरित्र हत्या गर्दै प्रतिष्ठा र मर्यादामा गम्भीर आँच पु¥याउने गरी नियोजित रुपमा गरिएको दुष्प्रचारप्रति प्रधानमन्त्रीको सचिवालय खेद व्यक्त गर्दछ । समाचारमा उल्लेखित काल्पनिक कथ्यको भ्रममा नपर्न आम पाठकहरुमा अनुरोध समेत गर्दछौं । '

प्रधानमन्त्रीको सचिवालयले यसरी व्यक्तिको सुरक्षा संवेदनशीलतामा असर पर्नेगरी लेखिएको काल्पनिक कथ्यलाई सप्रमाण पुष्टि गर्न जनआस्था साप्ताहिकलाई चुनौति समेत दिएको छ । व्यक्तिको जीउज्यानको सुरक्षामा गम्भीर असर पार्ने सामग्री तयार गर्दा पत्रकारिता पेशाको सामान्य नैतिकता र नेपालकै पत्रकारहरुको आचार संहिता अनुरुप सम्बन्धित व्यक्तिसँग बुझ्ने प्रयास समेत नगरिएको डा अर्यालले बताएका छन् । 

उनले भनेका छन् ' धार्मिक आपराधिक समुहसँगको सम्पर्क रहेको अर्थ लाग्ने गरी सम्प्रेषण गरिएको झुठो समाचारले व्यक्तिको सुरक्षामा उत्पन्न हुनसक्ने परिस्थितिप्रति संवेदनशील नहुनु र पत्रकारिताको न्यूनतम आचरण निर्वाह नगर्नु यस पेशाको आधारभूत मूल्य, मान्यता र धर्मको गम्भीर उल्लंघन हो । '

स्मरण रहोस प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको यो समाचार जनआस्था साप्ताहिकमा प्रकाशित भएको हो। यसका सम्पादक किशोर श्रेष्ठ हुन् जो हाल पत्रकारहरुको नियामक संस्था प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष समेत हुन् । 

काउन्सिलको काम सञ्चारमाध्यमको अनुगमन, मूल्याङ्कन गरी मर्यादीत तथा जिम्मेवार बनाउने  हो ।  साथै काउन्सिलले पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित, जिम्मेवार पत्रकारिताको विकास गर्ने, प्रेस स्वतन्त्रताको संरक्षण संम्बद्र्धन गर्दै पत्रकार आचारसंहिता पालना गर्न उत्प्रेरित गर्नुका साथै नेपाल सरकार र सञ्चारमाध्यामका बीच पुलको रूपमा कार्य गर्ने अहम जिम्मेवारी पाएको छ । 

तर प्रधानमन्त्रीको सचिवालयको भाषा मै भन्ने हो भने 'काउन्सिलका अध्यक्षको पत्रिका मै कपोकल्पित, अत्यन्तै झुठो, भ्रामक र सुनियोजित अफवाह फैलाउने समाचार' प्रकाशित भएको हो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved