आज मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना, तिन दिनको मौसम अवस्था कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2019 | 11:19:22 AM मा प्रकाशित

laxmi  sunrise bank

पश्चिमी न्यूनचापीय प्रणालीकोे प्रभावका कारण आज देशका अधिकांश स्थानमा मौसम बद्ली हुने सम्भावना रहेको छ । मौसममा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र  हावाहुरीसहितको बर्ष हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाकाृ साथै स्थानीय वायुको  प्रभावले मेघ गर्जन र  हावाहुरीसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका  मौसमविद् गङ्गा नगरकोटीको भनाई छ। उनका अनुसार अहिले पश्चिमी क्षेत्रमा पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा न्यूनचापीय प्रणालीले प्रभाव पारिरहेको छ । प्रिमनसुनको समय भएकाले यो गतिविधि लामो समयसम्म कायम रहन सक्दैन । 

राति देशका मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको छ । शनिबार देशका अधिकांश स्थानमा आंशिक बदली रही अपराह्नपछि पश्चिमी र मध्य भूभागका एक दुई स्थानमा मेघ गर्जन  र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । 

महाशाखाका अनुसार आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई देशका पूर्वी भूभागका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved