विमानस्थलमा ६ करोड नक्कली भारु नोट फेला, पुर्वमन्त्रीका छोरा सहित ६ पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2019 | 12:07:09 PM मा प्रकाशित

laxmi  sunrise bank

 प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित ६ जना पक्राउ परेका छन् । विमानस्थलको भन्सारमा चेकिङका क्रममा दुई हजार दरका नक्कली भारतीय रुपैयाँ बरामद भएको हो । 

पक्राउ पर्नेमा तीनजना पाकिस्तानी र तीनजना नेपाल नागरिक रहेका छन् । उनीहरु कतार एयरवेजबाट शुक्रबार बिहान नेपाल आएका थिए । दुई वटा सुटकेशमा प्लाष्टिकले बेरेर ल्याईएको अवस्थामा नक्कली भारु भेटिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पाकिस्तानी नागरिकहरु नासिर उद्दिन, मोहमत अतर र नादिया अन्बर छन् । त्यस्तै  नेपाली नागरिक युनुस अन्सारी पनि पक्राउ परेका छन् । युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबारमा पक्राउ परिसकेका व्यक्ति हुन् । उनी पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा हुन् ।

२ वटा सुटकेशमा करिब ६ करोड नोट रहेको प्रहरीको अनुमान छ । केन्द्रीय अनुसन्धान ब्यूरोको बिशेष टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved