ट्राफिक प्रहरीले जथावाभी जरिवाना लिन थालेपछि गृहमन्त्रालयले गर्यो कडाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2019 | 02:47:27 PM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्रालयले भारतबाट आउने मालबाहक ट्रकलाइ निर्वाध रुपमा चल्न दिन निर्देशन दिएको छ । भारतबाट कच्चा पदार्थ बोकेर आएका ट्रकहरुलाइ उद्योगसम्म जानको लागि कुनै बाधा नपुर्याउन गृहले जिल्ला प्रशासन कार्यालयहरुलाइ निर्देशन दिएको हो । 

गृह मन्त्रालयले जेठ २ गते तराइका २२ वटा जिल्लाका जिल्ला प्रशासन कार्यालयलाइ परिपत्र पठाउदै सम्बन्धित निकायको संलग्नता बिना अनावश्यक चेकजाँचका नाममा कच्चा पदार्थ बोकेका सवारीलाई नरोक्न भनेको हो । गृहले झापादेखि कन्चनपुर सम्मको जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ । 

पत्रमा भारतबाट आयात गरि नेपाली उद्योगहरुमा प्रयोग गरिने विभिन्न कच्चा पदार्थ बोकेका मालबाहक गाडीहरु नेपाल प्रवेश गर्ने क्रममा प्रवेश नाकादेखि उद्योग स्थलसम्म ल्याउँदा ट्राफिक प्रहरीहरुले हैरानी दिने गरेको उल्लेख छ । ट्राफिक प्रहरीबाट ओभलोड बोकेको भनेर ट्रक र ट्रेलरहरु समाती दुःख दिने, जरिवाना तिराउने, हैरानी दिने, दुईतीन दिनसम्म होल्ड राख्ने गरेको, जसका कारण ढुवानीका साधनहरुको अनावश्यक रुपमा हर्जना उद्योगहरुले तिर्नु परेको स्मरण गराईएको  छ । भारत बाट फलामे रड, विलेड, वायर लगायतका वस्तुहरु ठूला भारवाहन क्षमता भएका ट्रकहरुमा आउने गरेको छ । यस्ता गाडिलाइ जरिवाना गराउँदा उद्योगमा क्षति हुने मन्त्रालयको पत्रमा भनिएको छ । 

ब्यबसायीहरुले मालबाहक सामान बोकेका गाडिहरुलाइ ट्राफिक प्रहरिले अनावश्यक रुपमा जरिवाना तिराउने गरेको भन्दै गृहमा उजुरि गरेपछि  निर्देशन जारि गरेको गृह मन्त्रालयले बताएको छ । गृहले ट्राफिक प्रहरिलाइ आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर काम नगर्न पनि सम्झाएको छ । मालवाहक ट्रकहरुलाइ अनुगमन नगर्न र यदि गर्नुपरेमा सडक तथा यातायातको नियमन निकायबाट मात्र गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved