भूकम्पको ४ बर्षपछि तातोपानी नाका संचालनमा आउदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2019 | 06:37:39 AM मा प्रकाशित

laxmi  sunrise bank

विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका जेठ १७ गतेदेखि सञ्चालनमा आउने भएको छ । देशको अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा समेत रहेको उत्तरी छिमेकी देश चीन जोड्ने उक्त नाकाको शनिवार गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं सिन्धुपाल्चोकका सांसद अग्निप्रसाद सापकोटालगायतले स्थलगत निरीक्षण गरेका हुन् ।

यस्तै नेपाल इन्टरमोडेल यातायात विकास समितिले निर्माण गरेको सुक्खा बन्दरगाहको समेत उनीहरुले निरीक्षण गरे । निरीक्षणपछि गृहमन्त्री थापाले भने, “देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने यो नाका सञ्चालनमा आउन लागेको छ, नेपाल सरकारले शान्ति सुरक्षाको सबै प्रबन्ध गरेको छ, ‘एक चीन नीति’ विरुद्ध हुने सबै प्रकारका गतिविधि पूर्णरुपमा बन्देज गर्दै नाकालाई थप व्यवस्थित बनाउँछौँ ।”

नाका खुल्ने भएसँगै पर्यटन, आर्थिक प्रवद्र्धन र दुई देशको सम्बन्धलाई समेत नयाँ उचाइमा लगेको स्मरण गर्दैै उनले नाका आसपासका स्थानीयवासीले थप व्यवस्थित बनाउन सहयोग गर्नुपर्नेमा जोड दिए । सांसद सापकोटाले ठूलो मेहनत र प्रयासबाट नाका सञ्चालनमा आउन लागेकाले कुनै पनि प्रकारको कमजोरी हुुन नदिन सबैले ध्यान दिनुपर्ने बताए । 

अध्यागमन विभागका महानिर्देशक इश्वरीराज पौडेलले भूकम्पपछि करीब बन्द अवस्थामा रहेको अध्यागमन कार्यालय स्थापना भइसकेको जानकारी दिए । उनले कार्यालयलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको बताए ।

भन्सार विभागका निर्देशक शिव भण्डारीले भन्सार कार्यालयलाई सञ्चालनमा ल्याउन प्राविधिक तयारी भइरहेको र नाका खुल्नु अगावै सञ्चालनमा ल्याइने बताए । भूकम्पका कारण तातोपानीमा रहेका सम्पूर्ण संरचनामा क्षति पुगेपछि नाका बन्द रहेको थियो । नाकामा आवश्यक सबै संचरना निर्माण भइसकेका छन् । अध्यागमन कार्यालय, भन्सार कार्यालय र सुरक्षा निकायका कार्यालय खडा भइसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved