दोलखाको सुनखानिमा आगलागी, ५ घर जलेर नष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2019 | 04:37:17 PM मा प्रकाशित

laxmi  sunrise bank

दोलखाको कालिन्चोक गाउँपालिकामा आगलागी हुँदा पाँचवटा घर जलेर नष्ट भएका छन् । कालिन्चोक गाउपालिकाको सुुनखानि सोति बजारमा आगलागी हुँदा घरहरु जलेर नष्ट भएका हुन् ।

कालिन्चोेक गाउँपालिकाको वडा नं ८ को सोति बजारमा रहेको स्थानिय कृष्ण सेढाइको घरमा बिद्युत सर्ट भएर आगलागि हुँदा छेउछाउमा रहेका घरहरु जलेर नष्ट  हुँदा १ करोड ९७ लाख बराबरको क्षति भएको दोलखा प्रहरी प्रवक्ता रेशम बोहोराले जानकारि दिए । 

आगलागिमा परि कृष्ण सेढाइ, घनश्याम उप्रेति, चित्र खरेल र नारायण प्रसाद शिवाकोटिको घर पुर्ण रुपमा जलेर नष्ट भएको छ भने पदमराज शिवाकोटिको घर आंशिक रुपमा जलेको छ । आगलागिको कारण कुनै मानविय क्षति नभएको प्रहरिले जनाएको छ । 

आगो  बिहान २ बजे देखि लागेको थियो । नेपालि प्रहरी, सशस्त्र प्रहरी , भिमेश्वर नगरपालिकाको दमकल र स्थानियबासिको सहयोगमा बिहान ६ बजेपछि मात्र पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved