बन्दको अबज्ञा गरेको भन्दै दुई ट्रकमा आगजनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 06:35:54 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो 

बन्दको अबज्ञा गरेको भन्दै मकवानपुरमा विप्लब समुहका कार्यकर्ताले दुई ट्रकमा आगजनी गरेका छन्। उक्त समुहले जिल्लाको हेटौंडा-१ चौकीटोलमा र थाहा नगरपालिका- १ खानीगाउँमा ट्रक जलाएका हुन्।

त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकीटोलमा रोकिराखेको ना ७ ख ९४९३ नम्बरको मिनी ट्रक र हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८००७ नम्बरको एउटा खाली ट्रकमा उनीहरुले आगजनी गरेका हुन्।

बन्दको क्रममा हेटौंडा बजारको मुख्य चोक बुद्धचोक नजिक प्रेसरकुकर बम फेला परेको छ  ।बमलाई नेपाली सेनाले निष्कृय पारेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved