विप्लबको विष्फोटले नागरिकको मृत्यु भएको छैनः गृहमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 10:41:50 AM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री रामबहादुर थापाले काठमाडौंमा भएका छुट्टाछुट्टै भएको विष्फोटमा नागरिकको मृत्यु नभएको बताएका छन। सोमबार प्रतिनिधिसभा संसदमा सार्वजनिक महत्वको विषयमा बोल्दै गृहमन्त्री थापाले मृतक चारैजना प्रतिवन्धित समूह नेकपाका कार्यकर्ता भएको बताएका छन।   

गृहमन्त्री थापाले आइतबार भएका विष्फोटमा परी घाइते भएका अधिकांश व्यक्ति पनि प्रतिवन्धित नेकपाका कार्यकर्ताहरु भएको दाबी गरे । “नेकपा विप्लव भनिने समूहको मूल निशाना उपत्यका बनेको छ । हिजो (आइतबार) भएका विष्फोटका घटनामा चारजनाको मृत्यु भएको छ । केही घाइते भएका छन्,’’ उनले भने, “विष्फोटमा नागरिकको मृत्यु भएको छैन, समूहसँग सम्बद्धको मृत्यु भएको छ । घाइतेहरु पनि अधिकांश समूहसँग आवद्ध छन् ।’’

उनले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेकपाले जनसरकारको रुपमा जनपरिषद र जनसेनाको रुपमा चारवटा कम्पनी दर्ता गरेर आवान्छित गतिविधि गरिरहेको जानकारी सरकारसँग रहेको पनि बताए । गृहमन्त्री थापाले उक्त समूहलाई नियन्त्रण गरेर वार्ताद्वारा समस्या समाधानका लागि पहल गरिरहेको पनि जानकारी दिए । 

‘‘नेकपा विप्लव भनिने समूहलाई नियन्त्रण गरेर वार्ताको प्रयास अगाडि बढाइरहेका छौं । उनीहरुलाई मुलधारमा ल्याउन, उनीहरुका गतिविधिहरु नियन्त्रण गर्न राज्य प्रयासरत छ,’’ उनले संसदमा भने।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved