थपडी बजाउनलाई राजनीति गर्दिन भन्दै नायिका करिश्माले छोडिन बाबुरामको साथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 12:11:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नायिक करिश्मा मानन्धरले बाबुराम भट्टराई नेतृत्वको पार्टी परित्याग गरेकी छिन् । नेपालको राजनीति वुझ्न नसकिने किसिमको रहेको भन्दै उनले आफूलाई निकै असैह्य भएको बताएकी छिन् । राजनीतिमा पोजिसन विना आइडिया शेयर गर्न नसकिने भन्दै पदका लागि हुने द्धन्द्ध आफ्ना लागि नसुहाउने तर्क गरेकी छिन् । 

उनले, नयाँ शक्ति पार्टी र फोरमको एकिकरणपछि बनेको समाजवादी पार्टीलाई राम्रो कदमको सुरुवात भन्दै नयाँ पार्टीमा आफू सामेल हुनैपर्छ भन्ने नरहेको बताएकी छिन् । उनले थपडी बजाउनका लागि मात्र राजनीति नगर्ने भन्दै अब आफ्नो भूमिका खोज्ने बताएकी छिन् । उनले, अब कसैको बाँसुरी बजाएर नहिड्ने समेत बताएकी छिन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved