वित्तीय क्षेत्रमा उल्लेखनीय सुधार भएको छ: मन्त्री खतिवडा (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 02:11:13 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ मा वित्तीय क्षेत्रमा उल्लेखनीय सुधार भएको बताएका छन । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा उनले संसद्मा ‘आव २०७५÷७६ को आर्थिक सर्वेक्षण’ पेश गर्दै १८ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको, धितोपत्र बजार सुधारोन्मुख हँुदै गएको, स्थानीय तहमा वाणिज्य बैंकको सङ्ख्या ७१३ पुगेकाले वित्तीय क्षेत्रमा क्रमशः सुधार हुँदै गएको बताएका हुन ।

अर्थमन्त्री डा खतिवडाले मुलुकभर बैंक तथा वित्तीय संस्थाको कूल सङ्ख्या चार हजार ७०१ पुगेको जानकारी दिदैं आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म कूल वस्तु निर्यात १४ दशमलव छ प्रतिशतले वृद्धि भई रु ६१ अर्ब पुगेको छ भने आयात २३ दशमलव ८ प्रतिशतले वृद्धि भई रु नौ खर्ब ४९ अर्ब पुगेको बताए ।

उनले यस अवधिमा वस्तु व्यापार घाटा रु आठ खर्ब ८८ अर्ब रहेको जानकारी दिए । अर्थमन्त्री डा खतिवडाले आव २०७५÷७६ को फागुनसम्म शोधनान्तर स्थितिको घाटा रु ५९ अर्ब र चालु खाता रु एक खर्ब ९१ अर्बले घाटामा रहेको तथा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ८२ अर्ब पुगेको जानकारी दिए । यस अवधिमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ३५ दशमलव ९ प्रतिशतले घटेको उनले बताए ।

मन्त्री डा खतिवडाले यस अवधिमा २१८ उद्योगमा रु ११ अर्ब लगानी प्रतिबद्धता भई थप सात हजार ९५३ रोजगारी सिर्जना हुने अनुमान गरेको बताए । उनले आर्थिक वर्ष २०७५÷७६ फागुनसम्म कूल जनसङ्ख्याको ७७ दशमलव ८ प्रतिशत जनसङ्ख्यामा विद्युत् सुविधा पुगेको र यसै अवधिमा एक हजार १४२ मेगावट विद्युत् उत्पादन भएको तथा १८ प्रतिशत जनसङ्ख्याले नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत् सुविधा उपभोग गरिरहेको जानकारी दिए ।

यसै अवधिमा हुम्ला बाहेक सबै जिल्ला सदरमुकाममा सडक सञ्जालसँग जोडिएको जानकारी दिदैं उनले कूल सडकको लम्वाइ ३१ हजार ३९३ किलोमिटर पुगेको बताए । जसअन्र्तगत कालोपत्रे १४ हजार १०२ किमी र सात हजार ८८१ किमी खण्डास्मित र नौ हजार ४१० कच्ची सडक निर्माण भएको उनले जानकारी दिस्र ।

यसै अवधिमा राष्ट्रिय गौरवका आयोजनामध्ये चालू आर्थिक वर्षभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको निर्माण सम्पन्न हुने बताउँदै उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र मध्यपहाडी लोकमार्गको काम तीव्र गतिमा अगाडि बढेको जानकारी दिए । अर्थमन्त्री डा खतिवडाले सन् २०१८ मा स्थल मार्गबाट भारतीय पर्यटकबाहेक ११ लाख ७३ हजार पर्यटक नेपाल भ्रमणमा आएको बताए ।

भूकम्पछि पुनःनिर्माणको काममा तीव्रता आएको बताउँदै उनले यस अवधिमा ६ लाख पाँच हजार निजी घरको निर्माण अघि बढेको तथा २६२ सरकारी भवन चार हजार २०१ विद्यालय भवन, २२१ पुरातात्विक सम्पदा र १२४ सुरक्षा निकायका भवनको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिए ।

आर्थिक सर्वेक्षणले आर्थिक वर्ष २०७५÷७६ मा ७ प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान गरेको छ भने मुद्रास्फीति दर चार दशमलव २ प्रतिशतमा रहने अनुमान गरेको छ ।

अर्थमन्त्री खतिवडाले नेपालीको बचत गर्ने बानी बढ्दै गएको, प्रतिव्यक्ति आम्दानी क्रमशः बढ्दै गएको, कूल गार्हस्थ्य उत्पादन वृद्धि हँुदै गएकाले राष्ट्रिय पूँजी निर्माणमा उल्लेख्य योगदान पुगेको बताए । आर्थिक वर्ष २०७५÷७६ मा प्रत्येक नेपालीको प्रतिव्यक्ति आय रु एक लाख १७ हजार पुग्ने बताउँदै उनले यस अवधिमा लगानी २९ प्रतिशतले बृद्धि भई रु २१ खर्ब ५७ अर्ब हुने अनुमान गरिएको बताए ।

अर्थमन्त्री डा खतिवडाले यस अवधिमा रु एक खर्ब ७ अर्ब वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको र रु तीन खर्ब ८३ अर्ब ५९ करोड आन्तरिक ऋण र रु पाँच खर्ब ९५ अर्ब बाह्य ऋण रहेको उल्लेख गरे ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved