बार्सिलोनामा एक नेपालीको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 04:55:41 PM मा प्रकाशित

laxmi  sunrise bank

बार्सिलोनामा सडक दुुर्घटनामा परि एक नेपालीको मृत्यु भएको छ । स्पेनको बार्सिलोनामा भएको सडक दुर्घटनामा परि २२ वर्षीय पुजन कोइरालाको मृत्यु भएको हो ।

स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं ६ मा स्थायी घर भएका कोइरालाको शनिबार राति मृत्यु भएको हो । एक कम्पनिको डेलिभरि ब्वाइको रुपमा काम गर्ने कोइराला डेलिभरि दिन जाँदा दुर्घटनामा परेका हुन् । कोइराला सडकमा साइकलमा यात्रा गरिरहदा नगरपालिकाको फोहोर बोक्ने गाडिले ठक्कर दिँदा उनको घटनास्थलमा मृत्यु भएको हो । 

दुई वर्षअघि उनी अध्ययनका लागि जर्मनी गएका थिए । कोइराला बिगत ७ महिनादेखि स्पेनमा बस्दै आएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved