दुई तिहाईको सरकारलाई विदेशीले पत्याएनन, अनुदान र ऋण आधाले घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 11:09:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा नेतृत्त्वको सरकारलाई मित्रराष्ट्र र दात्री दातृ निकायले दिने अनुदान सहायता र ऋण दुवै घटेको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सोमबार संसदमा प्रस्तुत गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा यस्तो तथ्य उल्लेख गरिएको छ।    

गत आर्थिक वर्षको ८ महिना अर्थात फागुन महिनासम्म १ खर्ब ३१ अर्ब ५५ करोड रुपैयाँ वैदेशिक सहायता उपयोग भएको थियो। जसमा अनुदान र ऋणको अनुपात २९ दशमलव ९ र ७० दशमलव १ प्रतिशत थियो । 

तर यो आर्थिक वर्षको फागुनसम्म जम्मा ५० अर्ब ८४ करोड रुपैयाँ वैदेशिक सहायता उपयोग भएको छ । यसमा अनुदान र ऋणको अनुपात १४ दशमलव ८ र  ८५ दशमलव २ प्रतिशत छ। वैदेशिक अनुदान र ऋणको उपयोग गत बर्षको ८ महिनाको तुलनामा  झण्डै ८१ अर्बले कमी हो । 

प्रतिबद्धतामा पनि कमी

अर्थमन्त्रीले संसदमा पेश गरेको आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म १३ अर्ब ४९ करोड रुपैयाँ अनुदान र ९३ अर्ब ६९ करोड रुपैयाँ ऋण गरेर १ खर्ब ७ अर्ब १८ करोड रुपैयाँको प्रतिबद्धता आएको छ । 

तर अघिल्लो वर्षको ८ महिनामा अर्थात फागुनसम्म १  खर्ब ५० अर्ब ८८ करोड रुपैयाँको वैदेशिक सहायता र ऋणको प्रतिबद्धता आएको थियो । पोहोरभन्दा यो वर्ष ४३ अर्ब कम अनुदान तथा ऋण सहायताको प्रतिबद्धता प्राप्त भएको छ।

अर्थमन्त्री खतिवडाले समृद्द नेपालको लागि स्वदेशी पुंजी मात्रै प्रयाप्त नभएको बताईरहंदा बिदेशी सहायता र ऋणको प्रतिबद्दता घट्दै गएको छ। यस्तो अवस्था कायम रहेको अवस्थामा आउँदो वर्षको बजेटको स्रोतमा असर गर्ने देखिएको छ। यद्दपी विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष र युएनडिपीका विश्वासिला पात्रको रुपमा लिईने अर्थमन्त्री खतिवडाले बिदेशी ऋणको आशामा आगामी बजेट ल्याउन लागेको बजार चर्चा छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved