अपर मुस्ताङमा पहिलोपटक नेपाल टेलिकमको सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2019 | 01:02:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले लोमान्थांग गाउँपालिकाका विभिन्न स्थानमा जि.एस.एम मोबाइल सेवा सुुरु गरेको छ । मुस्ताङको लोमान्थांग छोसेर भन्ने ठाउमा हिजोदेखि टेलिकमले जीएसएम मोबाइल बीटीएस सेवा सञ्चालनमा ल्याएको हो ।

चीनको सीमानासम्म जोडिएका मुस्ताङको ती गाउँमा यसअघि कुनै पनि मोबाइल सेवाको पहुँच थिएन । उक्त स्थानमा टुजी तथा थ्रीजी मोबाइल सेवा टेलिकमले हिजोबाट सञ्चालनमा ल्याएको छ । दुर्गम तथा विकट ठाँउ भएकोले जीएसएम मोबाइल टावर स्थापनाको कार्य निकै ढिलो र कठिनाईका बाबजुद सम्पन्न भएको छ । 

एक कार्यक्रम गरेर मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष र अन्य स्थानीय जनप्रतिनिधिहरुका साथै नेपाल टेलिकमका कर्मचारीहरुको उपस्थितिमा सो साइट सञ्चालनमा ल्याइएको हो । टेलिकमको यो मोबाइल सेवा सञ्चालनबाट समुद्र सतहदेखि करिब ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित सो क्षेत्रका ४ गाउँ गर्थु, न्याम्दो, चुङजुङ र कोरलाका १ सय ५० भन्दा बढी घरधुरी लाभान्वित हुनेछन् । 

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र  तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved