गणतन्त्र दिवसमा सार्वजनिक विदा हो कि होइन ? यसो भन्छ गृह मन्त्रालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2019 | 04:31:43 PM मा प्रकाशित

laxmi  sunrise bank

जेठ १५ गते बुधबार १२ औ गणतन्त्र दिवस मनाईदै छ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।

गणतन्त्र दिवसको अवसर सार्वजनिक विदा हो या होईन भन्ने आम सर्वसाधारणमा अन्यौलता देखिएको छ । गृह मन्त्रालयले गणतन्त्र दिवसमा विदा नहुने स्पष्ट पारेको छ ।

२०७४ सालसम्म गणतन्त्र दिवसमा विदा हुने गरेको थियो । तर ७५ सालदेखि यो विदा कटौती गरिएको छ  । सरकारले लोकतन्त्र दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस जस्ता दिवसलाई एकीकृत गरि ति दिवसको साटो एक दिन बिदा दिएर विशेष दिवस मनाउने निर्णय गरेको हो  । यस हिसाबमा अहिले असोज ३ मा संविधान दिवसको अवसरमा मात्र सरकारले सार्वजनिक विदा दिएको छ । अन्य दिवसमा भने कार्यक्रम गर्ने तर बिदा नदिने गरी निर्णय भएको हो।

सरकारले २०७५ चैत्र १ गते प्रकाशित गरेको नेपाल राजपत्रमा पनि गणतन्त्र दिवसलाई राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने विदाको रुपमा सुचिकृत गरेको छ । यस हिसाबमा गणतन्त्र दिवसमा विदा हुने छैन ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved