गणतन्त्र दिवसमा छुट्दै ४ सय ३४ कैदी, राष्ट्रपतिद्वारा सजाय माफी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 05:52:36 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा चार सय ३४ कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी छिन् । माधव राईसहितका कैदीलाई मन्त्रिपरिषद्को सिफारिशमा माफी दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

असल चालचलन भई कैद सजाय छोट्याउनयोग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिने गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved