८ बर्षीय बालकको अपहरणपछि हत्या, गोली हानेर हत्यारा पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 09:05:26 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्सामा अपहरणमा परेका ८ बर्षीय बालकको हत्या भएको छ । गत शुक्रबार अपहरणमा परेका वीरगञ्ज महानगरपालिका–३ प्रगति नगरका करण साहको अपहरणपछि हत्या भएको हो । उनी गत शुक्रबार बिहान साढे १० बजेतिर अपहरणमा परेका थिए  । बालकको शव कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा फेला परेको छ ।

प्रहरीले अपहरण र हत्यामा संलग्न तीन जनालाई गोली हानेर नियन्त्रणमा लिएको छ । प्रहरीले विकास शर्मा, सिकिन्द्र साह र राम विनेशलाई गोली हानी नियन्त्रणमा लिएको हो । अपहरणकारीको कम्मरमुनि गोली लागेको छ । रामविनेशलाई भने गोलि नलागेको प्रहरीले जनाएको छ  ।  पक्राउ परेका विकास शर्मा भारतीय नागरिक हुन् ।  उनीहरु भाग्न खोजेपछि गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनीहरुले परिवारसँग सुरुमा ३० लाख फिरौती रकम मागेका थिए  ।  पाँच लाख दिने सहमति भएको भएपनि उनीहरुले शुक्रबार राति नै बालकको हत्या गरेको प्रारम्भीक अनुसन्धाबाट खुलेको छ ।  अपहरणकारीहरुले बालक हत्या गर्नु अगाडि नै बच्चाको बोली रेकर्ड गरेर हत्या गरेको र त्यसपछि अडियो सुनाएर फिरौती मागेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved