धादिङमा पर्यटक बस दुर्घटनामा परेको छ । जिल्लाको थाक्रे गाउँपालिका १ खयरघारीमा पर्यटक बस सडकबाट खोलामा खसेको हो । सुनौलीबाट काठमाडौं आउँदै गरेको बा १ प १३६३ नम्बरको बस सडकबाट महेशखोलामा खसेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।