कृषिमा करिब ३५ अर्ब, रासायनिक मलको अनुदान बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 03:08:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कृषि तथा पशुपंक्षी विकासको क्षेत्रमा ३४ अर्ब ८० करोड विनियोजन बजेट विनियोजन गरेको छ । संयूक्त सदनमा आगामी आर्थिक वर्षका बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ५ वर्षभित्र फलफूल बालीले ढाकेको क्षेत्रफल दोब्बर बताएका छन् । यस्तै सरकारले एक स्थानीय तहमा कम्तीमा एक जना कृषि प्राविधिक पडाउन भएको छ ।  

सबैलाई स्वस्थ आहार अभियान सञ्चालन गर्ने भएको छ । भने वैदेशिक रोजगारीबाट फर्केका युवालाई अर्गानिक खेतीमा प्रोत्साहित गर्ने भएको छ । शहरी क्षेत्रमा कौशी खेती प्रवर्द्धन गर्ने चएको छ । भने रासायनिक मलको खरिमा दिँदै आएको अनुदान बढाएर अनुदान बढाएर ९ अर्ब र्पुयाएको छ । मुलुकलाई आधारभूत खाद्यान्नमा शीघ्र आत्मिनिर्भर बनाउने तथाआगामी वर्षमा दूध माछा र मासुमा आत्मनिर्भर बनाइने योजना ल्याएको छ । 

यस्तै सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनर्संरचना गर्ने गरि  ८ अर्ब १० करोड बजेट विनियोजन गरेको छ । सुनकोशी मरिन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवकोमा विकास गर्न २ अर्ब विनियोजन गर्दै अगाडी बढाउने भएको छ । सिंचाइ विस्तारको लागि सौर्य उर्जाको उपयोग गरी लिफ्ट लाई प्रवद्धन गर्ने भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved