धादिङमा पर्यटक बस दुर्घटना हुँदा १ को मृत्यु, ८ जना गम्भीर घाईते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 03:24:28 PM मा प्रकाशित

laxmi  sunrise bank

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १ खयरघारीमा पर्यटकीय बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुनौलीबाट काठमाडौं आउँदै गरेको बा १ प १३६३ नम्बरको पर्यटक बस र काठमाडौंट केरुङतर्फ जाँदै गरेको ना ५ ख ८०६८ नम्बरको कन्टेनर आपसमा ठोकिँदा दुर्घटना भएको हो ।

कन्टेनरसँग ठक्‍कर खाएर बस खोलामा खस्दा बसका चालक लम्जुङ घर भएका २९ वर्षीय हरि न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । दुर्घटनामा १९ जना यात्रुहरु घाइते भएका छन् । ८ जनाको अवस्था गम्भीर रहेकाले उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved