यातायात पुर्वाधारमा १ खर्ब ६३ अर्ब फास्ट ट्रयाकलाई कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 03:49:54 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले रेल तथा सडक लगायत यातायात पुर्वाधारको लागि १ खर्ब ६३ अर्ब ५२ करोड रुपैयाँ विनियोजन भएको बताएका छन् । उनले संसदमा बजेट पेश गर्दै यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब ५३ करोड बजेट विनीयोज गरिएको बताए । यातायात पुर्वाधारको,क्षेत्रमा छुुट्याएकोबजेट मध्ये पूर्वपश्चिम राजमार्गलाई ४ लेनको बनाउका लागि १९ अर्ब १८ करोड बजेट विनीयोजन गरेको ,छ । यस्तै दुई छिमेकी मुलुकको ब्यापार सहजीकरण र हरेक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग पुग्ने गरी सडक बनाउने भएको छ ।  हुलाकी राजमार्ग कालोपत्रे गर्नका लागि १३ अर्ब बजेट विनियोजन गरेको छ । 

सरकारले मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड बजेट विनीयोजन गरेको छ । डोल्पा सदरमुकामलाई यसै वर्ष र हुम्लालाई अर्को वर्ष सडक सञ्जालले जोड्ने भएको छ । फास्ट ट्र्याकका लागि १५ अर्ब , वीपी राजमार्गको सुधारका लागि ९६ करोड, काठमाडौंको चक्रपथ सडक विस्तारका लागि १ अर्ब ८१ करोड बजेट विनीयोजन गरेको छ । सरकारले नागढुंगा नौविसे सुरुङ मार्गका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ । राजमार्ग स्तरोन्नति र पुनर्स्थापना कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरेको छ । २ सय पुलहरु निर्माण सम्पन्न गर्न ७ अर्ब, सडक मर्मतको लागि  ८ अर्ब मेट्रो रेल र मोनो रेलका लागि ७ अर्ब बजेट विनीयोजन गरेको छ । 

यस्तै काठमाडौं उपत्यकालाई धुलोमुक्त बनाउन काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा स्वचालित मेसिनबाट गाडी धुने व्यवस्था गर्ने भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved