बजेटमा बढेन सवारी कर, उपभोक्ता तथा व्यवसायीलाई राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 06:00:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक बर्षको बजेटमा सवारीसाधनमा कुनै परिमार्जन गरेको छैन। अर्थमन्त्री ड़ा युबराज खतिवडाले संघीय संसदमा प्रस्तुत गरेको बजेटमा आर्थिक बर्ष २०७६-७७ को बजेटमा सवारीसाधनमा कुनै परिमार्जन गरेको छैन। 

बिगतमा राजश्वको लक्ष्य भेट्टाउन सवारीसाधनमा करको दरमा वृद्धि गर्ने गरेपनि यस बर्ष परिमार्जन नगर्दा उपभोक्ता तथा व्यवसायीहरुलाई समेत राहत मिलेको छ।   

अर्थमन्त्री खतिवडाले चालू आर्थिक बर्षको बजेटमा सवारीसाधनमा इन्जिन क्षमताका आधारमा अन्तःशुल्क वृद्धि गरेका थिए। जसले गर्दा चारपांग्रे तथा दुईपांग्रे सवारीमा इन्जिन क्षमताको आधारमा अन्तःशुल्क बढेको थियो। 

सरकारले चालु आर्थिक बर्षमा आवश्यकता र बिलासिता गरि दुई प्रकारमा बिभाजन गरि अन्तशुल्क कायम गरेको थियो। जसमा १५०० सीसीसम्मका डिजेल भर्सनका प्यासेन्जर कारमा पुरानै ६० प्रतिशत कायम गरेको थियो भने १५०१ देखि २००० सीसीसम्म ७० प्रतिशत, २००१ देखि २५०० सीसीसम्म ८५ प्रतिशत र २५०१ देखि माथि सीसीमा १०० प्रतिशतले अन्तशुल्क वृद्धि गरेको थियो।     



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved