विज्ञ अर्थमन्त्रीको बजेटमा स्वर्णीम वाग्लेको कडा टिप्पणी, 'बजेट निर्माणमा सरकार चुक्यो'

विजय पराजुली

विजय पराजुली

May 29, 2019 | 06:24:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा नेतृत्त्वको सरकारले आर्थिक बर्ष २०७६-७७ को बजेट सार्वजनिक गरेको छ। सरकारले आगामी आर्थिक बर्षको लागि १५ खर्ब ३२ अर्ब ९७ करोडको बजेट ल्याएको छ। यसको स्रोत व्यवस्थापनमा १० खर्ब राजश्वबाट उठाउने सरकारको लक्ष्य छ भने बाँकी अनुदान, आन्तरिक ऋण र बैदेशिक ऋणबाट जुटाउने भएको छ। 

अर्थमन्त्री ड़ा युबराज खतिवडाले बजेट भाषण गरेलगत्तै अर्थविद तथा व्यवसायीहरुले आ आफ्नो प्रतिकृया दिने क्रम जारि छ। धेरैले सरकारको बजेट सन्तुलित तथा व्यवहारिक भएको बताई रहंदा अर्थविद तथा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष स्वर्णीम वाग्लेले भने सरकारको बजेटको आलोचना गरेका छन। 

दुई तिहारको बलियो सरकारले बिकासमुखी बजेट ल्याउन नसकेको वाग्लेको भनाई छ। '५ वर्षको स्थायी सरकारले अप्रिय निर्णय गरेरै जोखिम मोलर भएपनि अर्थतन्त्रलाई नयाँ दिशामा लैजाने गारो बजेट ल्याउनुपर्नेमा त्यसमा चुकेको छ' वाग्लेले बिजपाटीसंगको कुराकानीमा बताए। 

विकासको लागि कोशेढुंगा साबित हुने खालको बजेट ल्याउनुपर्ने बेलामा परम्परावादी र यथास्थीतिवादी बजेट ल्याएर सरकार चुकेको वाग्लेको विश्लेषण छ।     

विकासका ठुला परियोजना निमार्ण गर्नुपर्ने समयमा सबैलाई रिझाउन उठाएको राजश्व बाँड्ने र विकासको ठुला परियोजनामा ठुलो ऋण लिएर मुलुकको परिवर्तन नहुने उनको भनाई छ। अहीलेको अवस्थामा सरकारले सोचेको जस्तो ठुलो ऋणको भार बोक्ने अवस्थामा नेपालको नरहेको उनको भनाई छ। 

नेपालको चालु आर्थिक वर्षको रेकर्डले पनि त्यही बताएको उनले बताए । बजेटको आकार पनि कार्यन्वयन गर्न सकीने अवस्थाको यथार्थपरक आउन नसकेको वाग्ले बताउँछन् ।

चालु आर्थिक वर्षमा १२ खर्बको बजेट नै कार्यन्वयन गर्न नसकेको अवस्थामा १५ खर्ब ३३ अर्बको बजेटको सिलिङ धेरै भएको भन्दै वाग्ले भन्छन् ‘यति ठुलो बजेट खर्च गर्नको लागि जुन क्षमता चाहीन्छ, त्यो क्षमता र आधारहरु विकास हाम्रोमा निमार्ण भइसकेको छैन ।’ 

सरकारले स्रोत व्यवस्थापनको लागि लिएको राजश्व लक्ष्य पुरा हुने तर बैदेशिक अनुदान र ऋण ल्याउन गाह्रो पर्ने वाग्लेको भनाई छ । यस्तै आन्तरिक ऋण उठाउन सरकारलाई मुस्किल पर्ने उनको दाबी छ। वाग्ले भन्छन् ‘सरकारले जुन आन्तिरिक ऋण उठाउने लक्ष्य लिएको छ त्यसले वित्तीय क्षेत्रमा ठुलो चाप पर्ने देखिन्छ ।’


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved