समग्रमा बजेट उद्योगमैत्री नै छ, व्यवसायीका धेरै माग पुरा भएका छन: उमेशलाल श्रेष्ठ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 29, 2019 | 06:55:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा नेतृत्त्वको सरकारले आर्थिक बर्ष २०७६-७७ को बजेट सार्वजनिक गरेको छ। सरकारले आगामी आर्थिक बर्षको लागि १५ खर्ब ३२ अर्ब ९७ करोडको बजेट ल्याएको छ। यसको स्रोत व्यवस्थापनमा १० खर्ब राजश्वबाट उठाउने सरकारको लक्ष्य छ भने बाँकी अनुदान, आन्तरिक ऋण र बैदेशिक ऋणबाट जुटाउने भएको छ। 

अर्थमन्त्री ड़ा युबराज खतिवडाले बजेट भाषण गरेलगत्तै अर्थविद तथा व्यवसायीहरुले आ आफ्नो प्रतिकृया दिने क्रम जारि छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता तथा केहि अर्थविदले सरकारको बजेट सन्तुलित तथा व्यवहारिक नभएको बताई रहंदा नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत तर्फका उपाध्यक्ष उमेश लाल श्रेष्ठले सरकारले ल्याएको बजेट सकारात्मक भएको प्रतिकृया दिएका छन। 

सरकारले निजि क्षेत्रले उठाएका धेरै मागहरु सम्बोधन गरेको भन्दै श्रेष्ठले बजेट घोषणा भएअनुसारको कार्यान्वन भए त्यसले सरकारले लिएको समृद्द नेपालको लक्ष्यतर्फ नेपाल अघि बढ्ने बताए। 

'सबैलाई रिझाउन कनिका छर्ने गरि बजेट आउला कि भन्ने थियो तर कस्टम ड्युटीमा भर नपरी आन्तरिक ऋण उठाएर नेपालको विकास गर्ने गरि बजेट आएको छ, जुन एकदमै सकारात्मक कुरा हो' श्रेष्ठले बिजपाटीसंगको कुराकानीमा भने। 

शिक्षा, स्वास्थ्य जस्ता अति महत्त्वपूर्ण क्षेत्रमा निजि क्षेत्रसंग साझेदारी गरेर अघि बढ्ने नीति देखिएकाले आगामी बर्षको लागि सरकारले ल्याएको बजेट सकारात्मक भएको श्रेष्ठले बताए। 'पुरै बजेट त पढ्न पाएको छैन तर जति सुने त्यसलाई आधार मान्दा बजेट उद्योगमैत्री नै छ भन्ने लागेको छ, तर पनि कार्यान्वयन कसरी हुन्छ भन्ने ठुलो कुरा हो, त्यो भने हेर्न बाँकी नै छ ' उनले भने।  

आन्तरिक उत्पादन तथा स्वदेशी उद्योगलाई राहत पुग्ने गरि सरकारले बजेट ल्याएको उनको भनाई छ। कपडा उद्योगलाई बिजुलीमा ५० प्रतिशत छुट र ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सरकारको घोषणा अत्यन्तै सकरात्मक भएको श्रेष्ठले बताए। यसअघिको बजेटमा सवारीसाधनमा अन्तशुल्क बढाएर राजश्वको स्रोत बढाउने गरीएपनि यसबर्ष त्यो नगरी आन्तरिक तथा बैदेशिक ऋणबाट बिकास गर्ने सरकारको नीति रहेको देखिन्छ। 

दुई तिहाई जनमत ल्याएर बनेको सरकारले जनता रिझाउन पपुलिष्ट बजेट ल्याउला भन्ने आशंका थियो, जेष्ठ नागरिक, स्वयम सेविका तथा कर्मचारीको तलब सुविधा केहि बढाएपनि बजेट बिकासमुखी नै देखिएको छ। समग्रमा बजेट उद्योगमैत्री नै छ।   




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved