सरकारकै मन्त्रालयबीच समन्वयमा कमजोरी, संचारमन्त्री बास्कोटाको स्ट्याटसले पत्रकार झुक्किए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 10:51:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारका दुई मन्त्रालयको भनाई बाँझिदा सूचना संकलनको लागि पत्रकारमा अन्यौलता देखिएको छ। सरकारले जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०७६-७७ को बजेट तथा मन्त्रीपरिषदको बैठकको निर्णयबारे जानकारी दिने बिषयमा अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबीच भनाई बांझिएको हो। 

अर्थमन्त्रालयले बजेटबारे जानकारी दिन दिउँसो ४ बजेट मन्त्रालयको आफ्नै हाल सुवर्ण हलमा बैठक राखेको भन्दै पत्रकारहरुलाई जानकारी दिएको थियो। तर सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले फेसबुक स्ट्याटस मार्फत साप्ताहिक रुपमा आयोजना हुँदै आएको पत्रकार सम्मेलन दिउँसो ४ बजे होटल हिमालयमा राखिएको जानकारी गराए। उनले उक्त पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युबराज खतिवडा र आफु उपस्तिथी हुने बताएका थिए। 

अर्थमन्त्रालय र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले दिएको सूचनाबारे स्पष्ट हुनलाई मन्त्रालयमा सम्पर्क गर्दा अर्थमन्त्रालयको सुवर्ण हलमा नै पत्रकार सम्मेलन डाकिएको अर्थमन्त्रीका प्रेस संयोजक यमन पौडेलले बिजपाटीलाई बताएका छन। 

यसबिषयमा संचारमन्त्रालयमा सम्पर्क गरेपछि मन्त्री बास्कोटाले आफ्नो पुरानो स्ट्याटस सच्याएर आजको नियमित पत्रकार सम्मेलन तथा बजेट बारे जानकारी दिन बोलाइएको कार्यक्रम अर्थ मन्त्रालयको हलमा नै आयोजना गरिएको बताएका छन।  एकै कार्यक्रमबारे दुई मन्त्रलायबाट फरक फरक सूचना सार्वजनिक भएपछि सरकारका मन्त्रालयबीच समन्वयको अवस्था बाहिरिएको छ।         


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved