प्रचण्डले भने, ‘सरकारको आयु अब डेढ वर्ष, त्यसपछि म प्रधानमन्त्री’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 11:18:11 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताको नेतृत्व फेरिने संकेत गरेका छन् । एक टेलिभिजन कार्यक्रममा अन्तर्वाता दिँदै प्रचण्डले पार्टीक एकताका समयमै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच सत्ताको नेतृत्व आलोपालो प्रणालीबाट सञ्चालन गर्ने सहमति भएको खुलासा गरेका हुन् । 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते ६ बुँदे संयुक्त घोषणा भएको थियो । जेठ २ गते नै दुई पार्टीबीच गोप्य पाँचबुँदे सहमति भएको थियो । 

गत सोमबार पार्टी कार्यक्रमको सिलसिलामा विराटनगर पुगेका प्रचण्डले “पार्टी एकताका बेला एउटा समझदारी गरेका थियौँ, त्यो सबैलाई थाहा छ, मेरो मुखबाट नबोलाउनूहोस्” भनेका थिए । टेलिभिजन अन्तर्वातामा प्रचण्डले ओली र आफूले साढे दुई–साढे दुई वर्ष सरकार सञ्चालन गर्ने सहमति गरेको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved