देउता खुशी पार्न बालकको बली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 11:30:53 AM मा प्रकाशित

laxmi  sunrise bank

देउतालाई खुशी पार्न भन्दै धनुषामा बालकको बली चढाइएको छ । धनुषाको मिथिला नगरपालिका ६ बस्ने सत्रुधन साहको अढाई वर्षीय छोरा आर्यन समिर साहलाई स्थानीय धामीले बली चढाएपछि धामीलदाई प्रहरीले पक्राउ गरेको छ । 

भगवानलाई खुशी पार्न भन्दै स्थानीय ५५ वर्षीय सत्रुधन महतोले बालकको बली चढाएका थिए । महतोले २३ वैशाखमा बालकलाई अपहरण गरी सोही दिन राति २ बजे बली दिएका थिए । २४ वैशाख बिहान स्थानीय कृष्णानन्दन महतोको बारीमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा बालकको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी इकाइले ६५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा धामीझाँक्री सिक्दै गरेका महतोले बालक आर्यनको बली दिएको रहस्य खुलेको हो । धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार बालककी आमा रेनुदेवी घाँस काट्न गएको समयमा घरमा कोही नभएको मौकाछोपी महतोले बालकलाई अपहरण गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved