नेकपा सरकारले आत्मसन्तुष्टिको लागि भावी पुस्तालाई ऋण बोकाउने बजेट ल्यायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 12:39:00 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता तथा पुर्वअर्थमन्त्री डाक्टर रामशरण महतले सरकारको बजेटको कडा आलोचना गरेका छन। सरकारले आफ्नो चरित्र जस्तै प्रचारमुखी बजेट ल्याएको महतले जनाएका छन। 

बुधबार अर्थमन्त्री ड़ा युबराज खतिवडाले संघीय संसदमा पेश गरेको बजेट 'पपुलिष्ट' भएको भन्दै महतले यो बजेट क्षणिक लोकप्रियतामा केन्द्रित भएको आरोप लगाएका छन। सरकारले दिर्घकालिन हितलाई ध्यान दिन नसकेको उनले बताए। 

'नीति तथा कार्यक्रममा जस्तै बजेट पनि आत्मप्रशंसामा नै केन्द्रित भएको देखिएको छ' महतले भने, 'वित्तीय संघियता लागु भएको, आर्थिक बिकास भएको, आर्थिक परिसूचक उत्साहप्रदक भएको, आर्थिक समृद्धिको आधार भएको जस्ता अफवाह कुराहरु भयो भनिएको छ, जुन गलत हो।' 

सरकारले जे जे गर्छु भनेको थियो त्यो केहि नभएको भन्दै सरकारले पेश गरेको उदाहरण र यथार्थबीच ठुलो खाडल रहेको महतले बताए। 'मेलम्ची यो बर्षनै आउनुपर्ने हो सरकारको एक बर्षअघिको घोषणा अनुसार त्यो आएको छैन, अर्को बर्ष आउँछ भनेर भनिएको छ, त्यो आत्मप्रसंसा मात्र हो' उनले भने।

बजेटले कर्मचारी प्रशासनका समस्या समाधानमा कुनै कार्यक्रम नल्याएको भन्दै उनले जनतालाई ऋणको भार थप्ने बजेटले विकास सम्भव नभएको बताए । नेपाली काङ्ग्रेसका नेता समेत रहेका उनले संघियता कार्यान्वयनको चरणमा रहेका बेला बजेटले संघियतालाई नै स्थान नदिएको आरोप लगाए।  

'५ लाखको रोजगारी सृजना गर्छु भनेको सरकारले कति रोजगारी कहाँबाट सृजना गर्यो त्यसको तथ्यांक देखाउन पर्यो' महतले भने,'त्यस्तै राष्ट्रिय गौरबका आयोजना सिम्टा जस्ता आयोजना निर्माणमा अवरोध खडा भैरहेको छ, भनाई र गराई मिलेन।'

'नेपालको व्यापार घाटा बढेर १० खर्ब पुगेको छ, भुक्तानी सन्तुलन बिग्रिएको छ, पहिले ११ महिना आयात पुग्ने क्षमता अहिले ८ महिनामा सिमित भएको छ' महतले भने, 'त्यहि पनि सरकार आफ्नो गम्भीर समस्यालाई दबाएर आत्म प्रशंसामा नै ब्यस्त देखिन्छ।'   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved