रात्रीबसबाट ४५ हजार लुटियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 09:11:48 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको पथलैया निजगढ सडक खण्डमा यात्रुवाहक रात्रिबसमा लुटपाट भएको छ । शुक्रबार बिहान तीन बजे पथलैया निजगढखण्ड अन्तर्गत गढीमाई नजिक मोटरसाईकलमा आएका लुुटेराहरुले ना७ख २७९० नम्बरको काठमाण्डौ–जलेश्वर चल्ने यात्रुुवाहक रात्रिबसमा लुुटपाट गरेका हुन् । 

लुुटेराहरुले बसका सहयोगीसँग ४५ हजार नगद र एकथान सामसुङ मोबाईल लुुटेर लगेको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरिक्षक बिक्रम लामाले जानकारी दिए । लुुटेराहरुले बसका यात्रुुहरुलाई भने केही पनि नगरेको प्रहरीले जनाएको छ ।

लुुटपाट गरी भागेका लुुटेरा मध्ये एकजनालाई द्रुतमार्ग नजिकबाट पक्राउ गरी अनसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved